
पोखरा, १९ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर परीक्षण भएको छ ।
सोमवारसम्म क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ३३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६५ हजार २ सय २ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

