नेपालमा एकैदिन कोरोना संक्रमणबाट ३ वर्षीय बालकसहित १९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १९ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । देशभर आज थप १९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५५४ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा पर्साका ६५ वर्षीया, काठमाडौंका ७६, ८१ र ८३ वर्षीया गरी ३ जना र गोरखाका ४५ वर्षीया गरी ५ जना महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय गरी २ जना, काठमाडौंका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय गरी ६ जना, ललितपुरका ३ वर्षीय बालकसहित ५५ र ७१ वर्षीय र नवलपरासीपूर्वका ३६ वर्षीय गरी १४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: