गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २३७ पुग्यो

-


     मर्दी न्युज    
     असाेज १९ गते २०७७ मा प्रकाशित


पोखरा, १९ असोज । गण्डकी प्रदेशमा फेरि ६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सोमवार चौथोपटक जारी विज्ञप्तिअनुसार नवलपरासी (ब.सु.पू.) मा ६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ३७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (ब.सु.पू.) वौदीकालीका वडा नं. २ मा ३ जना, १ मा २ जना र ६ मा १ जना गरी ६ जना रहेका छन् । उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको हो । सबैजना कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।



Tags: