
पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्तिअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ४ जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका ११, कास्कीका ६, तनहुँका २, स्याङ्जा र गोरखाका १÷१ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ ।
नवलपुरका संक्रमित कावासोती, गैंडाकोट र मध्यविन्दु नगरपालिकाका हुन् ।
कास्कीका संक्रमित सबै पोखरा महानगरपालिका, स्याङ्जाका भीरकोट नगरपालिका, तनहुँका व्यास नगरपालिका र देवघाट गाउँपालिकाका र गोरखाका संक्रमित सिरानचोक गाउँपालिकाका हुन् ।
