कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २० गते २०७७ मा प्रकाशित


पोखरा, २० असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५६३ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ५५ र ६० वर्षीया गरी २ जना, ललितपुरका ६७ वर्षीय र नवलपुरका ७७ वर्षीया रहेका छन् ।

यस्तै पुरुषहरुमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय गरी २ जना र चितवनका ७० वर्षीय गरी ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: