पोखराका २३ जनासहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     असाेज २० गते २०७७ मा प्रकाशित


पोखरा, २० असोज । पोखराका २३ जनासहित गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलवार ४ः४५ बजे जारी विज्ञप्तिअनुसार कास्कीका २३ सहित गण्डकी प्रदेशका ५ जिल्लामा गरी ४५ जना कोरोना संक्रमित थपिएका छन ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका २३, लमजुङका १३, पर्वतका २, तनहुँका ५ जना र गोरखाका २ जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९ पुगेको छ ।



Tags: