
नेपाली हास्यव्यङ्गय कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण देखापरेको छ । कलाकार आचार्यले कोरोना संक्रमणको पुष्टि भएको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत् जानकारी गराएका छन् ।
सामान्य लक्षण देखिएकाले हिजो पिसीआर परीक्षण गराउँदा मगंलबार पोजेटिभ रिपोर्ट आएको आचार्यले बताएका छन्।
‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।
आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।

