
पोखरा, २१ असोज । तनहुँ र म्याग्दीका दुई÷दुई जनासहित गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार बिहान जारी अध्यावधिक विवरणअनुसार प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित तनहुँ व्यासका एक शिक्षक र व्यास १२ का कृषि सामग्री कम्पनि लि. मा कार्यरत गरी दुई जना रहेका छन् । त्यस्तै म्याग्दीका नेपाली सेनामा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९३ पुगेको छ ।


