गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३६७ पुग्यो

-


     मर्दी न्युज    
     असाेज २१ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा बुधवार बिहान ११ बजेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको छ । बुधवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले तेस्रो पटक जारी विज्ञप्तिअनुसार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बुधवार जारी दोस्रो विज्ञप्तिअनुसार १७ जना र बिहान ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक थप हुनेमा बागलुङका ३२, कास्कीका ३ र लमजुङका २ जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा बाग्लुङका संक्रमितमध्ये २७ जना पुरुष नेपाल आर्मीमा र ३८ वर्षीय १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत हुन भने काठेखोला गाउँपालिकाका सबैजना भारतबाट आएकाहरु हुन् । त्यस्तै लमजुङ जिल्ला, राईनाश–७ का २५ वर्षीय पुरुष सहोदर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी भएको निर्देशनालयले जनाएको छ ।

अन्य संक्रमितहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।



Tags: