
पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७५ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा पोखरा महानगरपालिकामा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु पोखरा ८ र १७ मा २/२ जना, पोखरा वडा नं. १२, ३, ९ र ६ जनामा १/१ जनामा गरी ८ जना रहेका छन् ।
