
फाइल तस्विर
पोखरा, २१ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । देशभर आज थप १५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५७८ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष रहेका छन् । मृतकमा महिलामा सिराहाका ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ र ७२ वर्षीया गरी २ जना र दाङका ७१ वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा मोरङका ४० र ६० वर्षीय दुई पुरुष, काठमाडौंका ४५, ५३, ६४ र ६९ वर्षीय गरी ४ जना, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ र नवलपरासीका ७६ वर्षीय गरी १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।