
पोखरा । पोखराका १२ सहित गण्डकी प्रदेशमा फेरि थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका १२ सहित थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय १ पुगको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
थपिनेमा तनहुँका ३ जना, कास्कीका १२ जना, गोरखाका २ जना र स्याङ्जाका ९ जना रहेका छन् ।
