
पोखरा, २२ असोज । पोखराका ३ जनासहित गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको बिहीबार ३ः५० बजे जारी विज्ञप्तिअनुसार कास्कीका ३ सहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ३, तनहुँका १, गोरखाका १० र नवलपुरका २० जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ८१ पुगेको छ ।
