
फाइल तस्विर
पोखरा, २२ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५९० पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ८ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ७९ वर्षीया, ललितपुरका ७३ वर्षीया, भक्तपुरका ८३ वर्षीया र सुर्खेतका ८२ वर्षीया रहेका छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका ३९ वर्षीय, धनुषका ७० वर्षीय, काठमाडौंका ५८ र ९१ गरी २ जना, चितवनका ८१ वर्षीय दुई जना र ९२ वर्षीया एक गरी ३ जना, कास्कीका ८३ वर्षीय गरी ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

