
पोखरा, २३ असोज । गण्डकी प्रदेशमा शुक्रवार ४ः३० बजेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १७ पुगेको छ । आज शुक्रवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चौथो पटक जारी विज्ञप्तिअनुसार थप १७ जनामा कोरोना पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
यसअघि तेस्रोपटक जारी विज्ञप्तिअनुसार २८ जना, दोस्रोपटक विज्ञप्तिअनुसार ३९ जना र बिहान ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक थप हुनेमा सबै तनहुँका रहेका छन् । थपिनेमा तनहुँ व्यासका १७ जनामा कोरोना संक्रमित भेटिएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा १७ जना पुरुषमध्ये व्यास २ का ३ पुरुष र १ महिला, व्यास १ का एक महिला र एक पुरुष गरी दुई जना र व्यास ४ का एक महिला गरी ८ जना प्रभु बैंक तनहुँ शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो । त्यस्तै व्यास २ का २८ वर्षीय पुरुष माछापुच्छ्रै बैंकमा कार्यरत र शुक्लागण्डकी ७ का पुरुष त्यहाँस्थित कारागारका कैदी भएको निर्देशनालयले जनाएको छ । त्यस्तै व्यास २ का २६ वर्षीय पुरुष नगरपालिकाका आईटी अफिसर हुन् भने अन्य कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।
