
फाइल तस्विर
पोखरा, २४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । देशभर आज थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय १४ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र १२ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ६८ र धादिङका ३१ वर्षीया गरी २ जना रहेका छन् ।
यस्तै पुरुषहरुमा सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय गरी २ जना, सर्लाहीका ७१ वर्षीय, काठमाडौंका ४८ र ९० वर्षीय गरी २ जना, ललितपुरका ४३ र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, नवलपुरका ३६ वर्षीय र रुपन्देहीका ५७ वर्षीय गरी १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।