पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज २४ गते २०७७ मा प्रकाशित


Mardi News

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रवार बेलुकी हल्का ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । शनिबार पुन: कोरोना परिक्षण गर्दा आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले फेसकुबमार्फत जानकारी दिएका छन् ।

‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन मन्त्री भट्टराईले आग्रह गरेका छन् ।



Tags: