विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख

-


     मर्दी न्युज    
     असाेज २६ गते २०७७ मा प्रकाशित


पोखरा, २६ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय का अनुसार सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार ३२० जना पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७७ लाख ६१ हजार ५४७ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख ८२ हजार ६३७ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १० लाख ७५ हजार ३२० पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख १४ हजार ७६७ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ५० हजार १५८ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा १ लाख ८ हजार ३३४ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।



Tags: