गण्डकी प्रदेशमा थप १ सय २६ जनामा कोरोना पुष्टि

-


     मर्दी न्युज    
     असाेज २६ गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेशमा सोमवार थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६ जिल्लाका १ सय २६ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ६१, कास्कीका २९, तनहुँका २६, बागलुङका ७, लमजुङका २ र स्याङ्जाका १ जना छन् ।

योहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ सय ७१ पुगेको छ ।



Tags: