
पोखरा, २७ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय का अनुसार मगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख २८ हजार ३८६ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७८ लाख ३ हजार २५९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९४ हजार ९७९ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या १० लाख ७८ हजार ६२९ पुगेको छ ।

