
पोखरा, २७ असोज । पोखराका १७ जनासहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका पछ्छिललाे विज्ञप्तिअनुसार कास्कीका १७ जनासहित गण्डकी प्रदेशका २ जिल्लामा गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् ।
पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १७ र तनहुँका २ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

