गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुग्याे

-


     मर्दी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेशमा मंगलवार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को कोभिड उपचार केन्द्रमा उपचाररत लमजुङका ५६ वर्षे पुरुषको मृत्यु भएको हो ।

बेसींशहर नगरपालिका २ का ती ५६ वर्षिय पुरुष १८ असोजमा कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । मुटुसम्बन्धी र मधुमेहको समस्या रहेको ती पुरुषको हिजो ४:२३ बजे मृत्यु भएको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ४, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।



Tags: