कास्कीका ४९ जनासहित गण्डकी प्रदेशमा ८४ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     असाेज २८ गते २०७७ मा प्रकाशित


पोखरा । पोखराका ४९ जनासहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार पटक पटक जारी गरेको विज्ञप्ति अनुसार ३ बजेसम्म कास्कीका ४९ जनासहित प्रदेशमा ८४ संक्रमित थपिएका हुन् ।

पछिल्लो पटक थपिनेमा पोखरा महानगरपालिका १० जना संक्रमितमध्ये ५ जना पोखराको गण्डकी मेडिकल कलेजका रहेका छन् । उक्त अस्पतालका ३६, ३८ तथा ६० वर्षीय ३ जना पुरुष र ३५ तथा ३६ वर्षीया महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरु सोही अस्पतालमा उपचारका लागि पुगेका व्यक्तिहरु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै चरक मेमोरियल अस्पतालका ५ जनालाई पनि संक्रमण पुष्टि भएको छ । सो अस्पतालका २४ वर्षीया १ जना महिला सहित ४९, ६०, ७३ तथा ७७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । २४ वर्षीय महिला सोही अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत रहेकी छिन् भने अन्य ४ जना सोही अस्पतालमा उपचाररत बिरामी हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ८७ पुगेको छ ।



Tags: