
फाइल तस्विर
पोखरा, २८ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय ७५ पुगेको छ ।
नेपालमा मंगलवार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोमवार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
यसैगरी बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २१७४ जना कोेरोना निको भएको जानकारी दिए ।
यससँगै हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना संक्रमित निको भएका छन् ।