
फाइल तस्विर
पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । देशभर आज थप १९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय ९४ पुगेको छ ।
बुधवार देशभर १२ जनाको मृत्यु भएको थियो भने मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

