
पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । देशभर आज थप २१ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय १५ पुगेको छ ।
बिहीबार देशभर १९ जनाको मृत्यु भएको थियो भने बुधवार देशभर १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।

