
गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार जारी विवरण अनुसार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण देखिएको हो।
यो गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ५ हजार ५४७ पुगेको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका ३०, नबलपरासी पूर्व ५ गोरखाका ९, तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको हो। गोरखाका संक्रमितमा तीन जना नेपाल प्रहरी र १ जना नेपाली सेनामा कार्यरत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

