गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ५० को मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ३ कात्तिक । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै कास्की जिल्लाका रहेका छन् । कास्कीमा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ ।

त्यस्तै तनहुँ र नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९/९ जना रहेका छन् भने, गोरखा ७, स्याङ्जा ५, बगलुङ ३, म्याग्दी र लमजुङ १/१ जना रहेका छन् ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।



Tags: