जापानमा ८८ हजार कोरोना संक्रमित सञ्चो भए, थप ११ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित


सन थापा, जापान, अक्टोवर २२ । जापानमा ८८ हजार ३ सय २५ जना कोरोना संक्रमित निको भएका छन् । जसमध्ये जापानभित्र संक्रमित भएका ८७ हजार ६ सय ६६ जना हुन् भने ६ सय ५९ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु हुन् ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित १ हजार ७ सय ११ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियोमा तीन, ओसाका र खानागावामा दुई(दुई, क्योतो, आईची, ओकिनावा र ईसिगावामा प्रान्तमा एक(एक गरी ११ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

बिहीबार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका संक्रमित यात्रु ७ सय १२ जना सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९५ हजार ९ सय ६० जना पुगेको छ ।

एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार १ सय ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ५० जनाको अवस्था गम्भीर रहेको छ ।

बढी संक्रमित ११ प्रान्तहरू

राजधानी टोकियोमा संक्रमित संख्या २९ हजार ५ सय २०,ओसाकामा ११ हजार ७ सय ८०, खानागावामा ८ हजार १ सय ५४, आईचीमा ५ हजार ७ सय ८०, साईतामामा ५ हजार ५ सय १८, फुकुओकामा ५ हजार १ सय ६९ जना पुगेको छ ।

त्यसैगरी चिबामा ४ हजार ६ सय ६५ , ह्योगोमा ३ हजार ५७, ओकिनावामा ३ हजार ४८, होक्काईदोमा २ हजार ६ सय ५२ र क्योतोमा १ हजार ९ सय ५८ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ८५ जना र १७ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।