
सन थापा, जापान, अक्टोवर २३ । जापानमा शुक्रबार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका संक्रमित यात्रु ७ सय १२ जना सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ९६ हजार ७ सय सातजना पुगेको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित १ हजार ७ सय २३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियो, खानागावामा तीन(तीन, ओसाका, साईतामा, फुकुओका, गिफु,ओकिनावा र ईसिगावामा प्रान्तमा एक(एक गरी १२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित जापानमा ८८ हजार ९ सय चारजना कोरोना संक्रमित निको भएका छन् ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने १ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २९ हजार ७ सय छ, ओसाकामा ११ हजार ८ सय ८०, खानागावामा ८ हजार २ सय ४५, आईचीमा ५ हजार ८ सय २३, साईतामामा ५ हजार ५ सय ५८, फुकुओकामा ५ हजार १ सय ७४ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ७ सय १९, ह्योगोमा ३ हजार ९४, ओकिनावामा ३ हजार ७८, होक्काईदोमा २ हजार ७ सय तीन र क्योतोमा १ हजार ९ सय ६६ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ८६ जना र १५ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

