गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६४१५ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा फेरि थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जिल्लाका ४० जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो पटक प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार कोरोना पुष्टि हुनेमा पर्वतमा ९, कास्कीमा १४, तनहुँमा ६, बागलुङ १, गोरखा १ र नवलपुरका ९ जना रहेका छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १५ पुगेको छ ।



Tags: