कोरोना भाइरसको संक्रमणबाट पाँच महिने शिशुको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ८ गते २०७७ मा प्रकाशित


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ५ महिनो शिशुको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिने शिशुको हिजो बेलुकी मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि हिजो शिशुलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबारै संक्रमण पुष्टि भएको थियो । पाँचमहिने शिशुलाई दिमागसम्बन्धी रोगको समस्या थियो ।



Tags: