पोखराका ४ कोरोना संक्रमितको मृत्यु, गण्डकीमा मृतक संख्या ६३ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ कात्तिक । पोखराका ४ जना कोरोना संक्रमितका कारण ४ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दुईवटा विज्ञप्ति जारी गर्दै पोखराका ४ संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६३ पुगेको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १ का ४२ वर्षे पुरुष, पोखरा २२ का ६८ वर्षे पुरुष, पोखरा ३१ का ५८ वर्षे पुरुष र पोखरा १५ का ५२ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा १५ र पोखरा ३१ का संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आइसियुमा शनिवार ज्यान गएको हो ।

पोखरा १५ कि महिलामा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको थियो भने पोखरा ३१ का पुरुष निमोनिया, उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए ।

पोखरा १ का पुरुषको चरक मेमोरियल हस्पिटलमा शुक्रबार राति र पोखरा २२ का पुरुषको गण्डकी मेडिकल कलेजमा शनिबार बिहान मृत्यु भएको निर्देशनालयले जनाएको छ । दुवैमा निमोनियाको समस्या थियो ।

यसअघि मृत्यु हुनेमा कास्कीका २१, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।



Tags: