पोखरामा थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७११ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक १० गते २०७७ मा प्रकाशित


पोखरा, १० कात्तिक । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक ७ः३० मा जारी छैठौं विज्ञप्तिअनुसार पोखरामा आज १ सय १ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना पुष्टि हुनेमा ३६ जना प्रहरी छन् । ३१ जना वडा प्रहरी कार्यालय बगर र ५ जना ट्राफिक प्रहरी हुन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३६ प्रहरीसहित १ सय १ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: