
फाइल तस्विर
पोखरा, १० कात्तिक । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६६ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार बिहान विज्ञप्ति जारी गर्दै प्रदेशका ३ संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६६ पुगेको हो ।
मृत्यु हुनेमा नवलपरासी (ब.सु.पू.) गैंडाकोट ५ का ७३ वर्षीय पुरुष, कावासोती २ का ७७ वर्षीय पुरुष र पोखरा महानगरपालिका १५ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
नवलपरासी पूर्व गैंडाकोट ५ का ७३ वर्षीय पुरुषमा कात्तिक ६ गते कोरोना पुष्टि भएको र हिजो ९ गते निधन भएको हो । त्यस्तै नवलपरासी पूर्व कावासोती २ का ७७ वर्षीय पुरुष गएराती २ः३० मा निधन भएको हो भने पोखरा १५ का ७८ वर्षीय पुरुषको हिजो राती ११ बजे निधन भएको निर्देशनालयले जनाएको छ ।