
फाइल तस्विर
पोखरा, १० कात्तिक । पोखरामा फेरि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका थप एक जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६७ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार बिहान आठौं पटक जारी विज्ञप्ति अनुसार पोखरा ५ का ५५ वर्षीय संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६७ पुगेको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको हिजो राती ९ः१० बजे निधन भएको हो । उनको निमोनिया तथा मुटुरोगको समस्या रहेको निर्देशनालयले जनाएको छ ।

