
पोखरा, १० कात्तिक । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार नवौं पटक जारी विज्ञप्ति अनुसार तनहुँ शुक्लागण्डकी–४ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६८ पुगेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको आज बिहान ९ः१० बजे मृत्यु भएको हो । आज मात्र प्रदेशमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
त्यसैगरी प्रदेशमा आज सोमवार १ः२० सम्म मात्र २ सय ५२ जना कोरोना संक्रमितको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।