भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित


चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ का ५६ वर्षीय पुरुष रहेका छन् । कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भएपछी ती पुरुषलाई अस्पतालको सिआईसीयु कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि मुटु तथा मृगौला पीडित बिरामी थिए । ती पुरुषको स्वास्थ्य अवस्थामा थप जटिल हुदैं गएपछि कात्तिक ९ गते कोभिड आईसियुमा राखी उपचार गरिएको पौडेलले बताए ।

उनको गए राती ९ः३५ बजे सिकेडी, सेभियर कोभिड निमोनियाको कारणले निधन भएको अस्पतालले जनाएको छ ।



Tags: