रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित


बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।

कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८स् १७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

त्यस्तै कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु डा. गौतमले जानकारी दिए । उनका अनुसार दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।



Tags: