गण्डकी प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७९० पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक ११ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा ७०जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. मा गरिएको परीक्षणमा ६ जिल्लाका ७० जनामा पोजेटिभ देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति (पहिलो र दोस्रो) अनुसार कोरोना पुष्टि हुनेमा स्याङ्जामा ३, कास्कीमा १, तनहुँमा २, बागलुङ ५, म्याग्दीमा ४ र नवलपरासी (व.सु.पू.) का ५५ जना रहेका छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९० पुगेको छ ।