
पोखरा, १३ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ४३ लाख ९३ हजार ६२९ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख ५५ हजार १८० जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ९० हजार ३२२ पुगेको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५४ लाख ६८ हजार २७० पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ११ लाख ७२ हजार ७४५ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म २ लाख २७ हजार ६७३ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख ५८ हजार ४५६ जनाको ज्यान गएको छ । यसैगरी धेरै ज्यान गुमाउनेको सूचिमा तेस्रो स्थानमा रहेको भारतमा १ लाख २० हजार १० जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या २ करोड ९९ लाख ८५ हजार ९३ जना रहेको छ ।

