कोरोना संक्रमणवाट थप १७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । देशभर आज थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ९ सय ७ पुगेको छ ।

जस मध्ये १ जना चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सबैभन्दा बढि मृत्यु हुनेमा बाग्मती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः ४३६ र १० जना रहेका छन् ।