गण्डकीमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

-


     मर्दी न्युज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।

आज बिहीवार मात्रै प्रदेशमा थप १ सय २ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या थप भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ४७ जना पुगेको हो ।

आज प्रदेशका ७ जिल्लामा थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । आज थपिनेमा कास्कीका ४६, गोरखामा २७, नवलपरासीमा १२, तनहुँमा ९, म्याग्दीमा ५, पर्वतमा २ र लमजुङमा १ जना रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा हालसम्म कुल ४ हजार ६६ जना निको भएका छन् भने ७२ जनाको ज्यान गएको छ ।



Tags: