गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१४५ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ कात्तिक । नवलपरासी पूर्वका २२ जनासहित गण्डकी प्रदेशमा फेरि थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार बिहान ७ बजे तेस्रोपटक जारी विज्ञप्ति अनुसार नवलपरासी पूर्वका २२ जनासहित प्रदेशमा २६ संक्रमित थपिएका हुन् ।

पछिल्लो पटक थपिनेमा नवलपरासी पूर्वका २२, गोरखा २ र लमजुङ र कास्कीका १÷१ जना गरी २६ रहेको प्रदेश निर्देशनालयले जनाएको छ
यसअघि बिहान दोस्रोपटक जारी विज्ञप्तिअनुसार कास्की पोखरा महानगरपालिकाका ५८ जनासहित प्रदेशमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ६ः३० बजे जारी पहिलो विज्ञप्तिअनुसार प्रदेशमा ७ जना संक्रमितको पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार १ सय ४५ पुगेको छ ।



Tags: