गण्डकी प्रदेशमा आज २६९ जनामा कोरोना संक्रमित पुष्टि

-


     मर्दी न्युज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ कात्तिक । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार जारी विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा कास्कीका १८३ जना नयाँ संक्रमित सँगै प्रदेशमा २६९ जना संक्रमित थपिएका छन् ।

आज संक्रमण थपिनेमा नवलपरासी पूर्वका २७, गोरखा ४, लमजुङका ४, तनहुँका १५, स्याङ्जाका ७, पर्वतका १०, म्याग्दीका ४ वाग्लुङका ९ र कास्कीका १८३ जना गरी २६९ रहेको प्रदेश निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ हजार ३ सय १६ पुगेको छ ।



Tags: