गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१०४ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ४ पुगेको छ । लाइफ केयर डाइग्नोष्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेश ३ जिल्लाका गरी ७५ जना नयाँ संक्रमित भेटिएको हो ।

संक्रमितहरुमा कास्कीका ६९ जना, स्याङ्जाका ४ र तनहुँका २ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

सबै संक्रमितहरु लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा. लि.मा पोखराका विभिन्न अस्पतालबाट नमूना संकलन गरि परीक्षणका लागि पठाएकाहरु हुन् । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।



Tags: