प्रधानमन्त्रीले भेटे भारतीय सेनाध्यक्ष नरवणेलाई

-


     मर्दी न्युज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित


तिन दिने औपाचारिक भ्रमणमा नेपालमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणे र प्रधानमन्त्रि केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

आफ्नो भ्रमणको उत्तरार्धमा नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् ।

भेटका क्रममा प्रधानमन्त्रीले दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको समेत स्मरण गराएका छन् ।

भेटमा नरवणे सँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् ।

प्रधानमन्त्री संबद्ध स्रोतका अनुसार प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गरे ।