कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, २३ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन् ।



Tags: