आधा घण्टामै सकियो नेकपा सचिवालय बैठक

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको आधा घण्टमै सकिएको छ । बैठकको बारेमा कुनै नेताले अहिलेसम्म जानकारी गराएका छैनन् । मंसिर ३ गते १ बजे बस्ने गरी आजको बैठक सकिएको सूर्य थापाले जानकारी गराएका छन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा नेकपा विवादका सम्बन्धमा छलफल हुने बताइएको थियो ।

बहुमत सचिवालय सदस्यले केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बोलाउनुपर्ने माग गर्ने तयारी यसअघि गरिसकेका थिए ।