ओलीलाई प्रचण्डले लेखेको दोस्रो पत्रः हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वनले निकै ठूलो पीडा र अपमानबोध गराएको छ

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित


प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अब लिखित ‘पत्र–युद्ध’मा परिणत भएको छ ।

गत कात्तिक २२ गते प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई बैठक बोलाउन सहमति दिन भन्दै दुई पृष्ठ लामो पत्र बुझाएका थिए ।

त्यसको जवाफ लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दी गरेको, सरकारलाई काम नै गर्न नदिएको आरोप लगाएका थिए । कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि पुनः शुक्रवार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।

ओलीलाई लेखेको दोस्रो पत्रमा उनले भनेका छन्, ‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ । पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्‍यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’

दाहालले ओलीलाई लेखेको दोस्रो पत्रको पूर्णपाठः